जन्मदिनको अवसरमा शिक्षक योगीद्वारा विद्यालयलाई नगद सहयोग

जन्मदिनको अवसरमा शिक्षक योगीद्वारा विद्यालयलाई नगद सहयोग

काठमाडौँ –   जन्मदिन विशेष बनाउन शिक्षा र सामाजिक उत्तरदायित्वलाई जोड्दै शिक्षक जगत योगीले विजय माध्यमिक विद्यालय काफलचौरलाई नगद  दशहजार सहयोग प्रदान गर्नुभएको छ ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नम्बर – ६ लैनचौर निवासी तथा हाल जाजरकोटको भेरी नगरपालिका–५ स्थित विजय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत योगीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई रु. १०,००० नगद सहयोग गर्नुभएको हो ।

उक्त सहयोग विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सामाग्री खरिदमा उपयोग गरिने विद्यालय प्रशासनले जनाएको छ।

सहयोग हस्तान्तरण गर्दै शिक्षक योगीले भन्नुभयो , 'जन्मदिनमा आफन्तसँग उपहार लिनेभन्दा पनि सामाजिक उत्तरदायित्व वहन गर्नु महत्वपूर्ण ठानेँ । विद्यार्थीहरूका लागि केही गर्न पाउँदा आत्मिक सन्तुष्टि मिलेको छ ।'

विद्यालयका प्रधानाध्यापक नर बहादुर घर्तीले योगीको योगदानलाई प्रशंसनीय भन्दै यस्तो सानो प्रयासले पनि शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त  गर्नुभयो ।

प्रतिक्रिया