भैरवीमा मनाइयो विश्व बालश्रम विरुद्धको दिवस

दैलेख – भैरवी गाउँपालिकाको श्री गौरी माध्यामिक विद्यालयमा विश्व बाल श्रमविरुद्धको दिवस मनाइएको छ । एईआइएन लक्जेम्बर्गको साभेदारी भैरवी गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा भैरवीमा स्ंचालित आधार परियोजनाको आयोजनामा बालश्रम दिवस मनाइएको हो ।
“प्रगति स्पष्ट छ, तर अझ धेरै गर्न बाँकी छ : गरिएका प्रयासहरूलाई तीव्र बनाऔं” भन्ने नारासहित गौरी माध्यमिक विद्यालय, बालेकाँडामा विश्व बाल श्रम दिवस विविध कार्यक्रमका साथ मनाइएको आधार परियोजनाले जनाएको छ ।
उक्त कार्यक्रममा बाल श्रम, बाल अधिकार र बाल श्रम विरुद्धको अभियानका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
बाल श्रम अन्त्यका लागि समुदायस्तरमा जनचेतना फैलाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै सहभागीहरूले निरन्तर पहल गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया