बाल श्रम अन्त्यका लागि सबै सरोकारवालालाई ऐक्यबद्धताको आह्वान

काठमाडौँ - अन्तर्राष्ट्रिय बाल श्रम विरुद्धको दिवस २०२५ का अवसरमा सोसेक नेपालले “प्रगति प्रस्ट छ, तर अझ गर्नुपर्ने काम धेरै छ-प्रयासलाई तीव्र बनाऔँ” भन्ने सन्देशसहित बाल श्रम अन्त्यका लागि सबै सरोकारवालालाई ऐक्यबद्धताको आह्वान गरेको छ ।
सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाद्वारा जारी सन्देशमा बालबालिकाको शिक्षा, सुरक्षा, खेलकुद र उज्यालो भविष्य सुनिश्चित गर्न गरिबी, असमानता र सामाजिक बहिष्कारजस्ता कारण हटाउन नीतिगत र सामुदायिक तहमा साझेदारीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।
दिगो विकास लक्ष्य ८.७ अन्तर्गत २०२५ सम्म बाल श्रम उन्मूलन गर्ने राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतिबद्धताप्रति सोसेक नेपाल दृढ रहेको बताइएको छ ।
बाल श्रममुक्त नेपाल निर्माणमा सरकार, समुदाय, विद्यालय र सञ्चारकर्मीको समन्वय अपरिहार्य रहेको जारी सन्देशमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया