सरोकारवालासँग सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

सरोकारवालासँग सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन्न

 दैलेख -  दैलेखमा पााेषण परियोजना अन्तर्गत जिल्लाका सराेेकारवालासँग सिकाइ तथा अनुभव आदान–प्रदान कार्यक्रम सम्पन भएको छ । केअर नेपाल र आईडिई नेपालकाे आर्थिक सहयोगमा एभरेष्ट क्लव द्वारा सञ्चालित पोषण परियोजनाले जिल्लास्तरीय सरोकारवालासँग सिकाइ तथा अनुभव आदान–प्रदान बैठक सम्पन्न गरेको छ ।

दैलेख जिल्लाको आठबिस नगरपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका र ठाँटिकाध गाउँपालिकामा सञ्चालनमा रहेको यस परियोजनाले आमा र बच्चाको पाेषण सुधारका लागि विविध कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ।

परियोजनाले समुदायका २,५०० आमाहरुकाे घर घरमा पाेषण बैगैचा निर्माण गर्न सहयाेग गर्नुका साथै प्रत्येक पालिकामा एक–एक सिकाइ केन्द्र स्थापना गरेको छ, जहाँ आमा समूहका सदस्यहरूले पोषणसम्बन्धी जानकारी प्राप्त गर्दै जलवायुमैत्रि तथा एकिकृत सत्रु जीव ब्यावस्थापन प्रविधि सहितकाे पाेषण बगैैचा निर्माण गर्ने अवलम्वन गरिरहेका छन । साथै परियाेजनाले स्वास्थ्य आमा समुुहमा पाेषण ब्यावहार परिबर्तन सिकाईहरुकाे सेसन सञ्चालन गर्ने गरेकाे कारण महिलाहरूको सशक्तिकरण, पोषण सम्बन्धी व्यावहार परिवर्तन र खानेपानी सरसफाई स्वच्छतामा उल्लेखनीय योगदान पु¥याएको परियोजना संयोजक राजु के.सी.ले जानकारी दिनुभयो ।

परियोजनाले समुदायमै उत्पादन भएका तरकारी तथा फलफुल संकलन गर्ने केन्द्र समेत सञ्चालनमा ल्याएको छ, जसले स्थानीय उत्पादन ,उपभाेग र बजार ब्यावस्थापन उपयोगमा प्रोत्साहन पुर्‍याएको छ। यस्तै, स्वास्थ्य स्वयंसेविकाहरू तथा स्वास्थकर्मिहरुकाे क्षमता अभिवृद्धिका लागि  तालिम तथा गाेष्टि सञ्चालन गर्नुकाे साथै स्वस्थ्यआमा समूह, उद्यमीहरू, अगुवाकृषक,सिकाइ केन्द्र कृषकका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेकाे केअर नेपालका पाेषण तथा स्वस्थ्यप्रणाली अधिकृत सेत बहादुर भुलले जानकारी दिनुभयाे।

कार्यक्रममा स्वास्थ्य सेवा कार्यालय दैलेख पाेषण पुनर्स्थापना गृह पोषण संयोजक पार्बति रेग्मीले हाल परियोजना पाँच पालिकामा मात्र कार्यान्वयनमा रहेको उल्लेख गर्दै बाँकी ६ पालिकामा समेत विस्तार गर्नु आवश्यक रहेको सुझाव दिनुभयो ।

नारायण नगरपालिकाको सामाजिक विकास शाखाका खमबहादुर थापाले एक वर्षमा पोषणसम्बन्धी क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै, अब लागू भएका कार्यक्रमहरूमा दिगोपना कायम गर्नु आवश्यक रहेको धारणा तथा बहु क्षेत्रिय पाेषण याेजना तेर्साेकाे लक्ष पुरा गर्न  पाेषण मैत्रि स्थानिय साशन कार्यन्वयन गर्न सबै स्थानिय सरकारले उत्तिकै जिम्मेवारीका साथ काम गर्नुपर्ने धारणा राख्नुभयाे ।

गैसस महहांसघ दैलेखकी अध्यक्ष डिलकुमारी चन्दले आमा समूहका सदस्यहरूलाई पोषणसम्बन्धी व्यवहारमा थप सुधार ल्याउन सबै क्षेत्रकाे प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । उक्त कार्यक्रममा एभरेष्ट क्लवका कार्यकारी निर्देशक दिपक शाहीले कार्यक्रमकाे स्वागत र उदेश्यहरु बारे प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रमका अध्यक्ष तथा एभरेष्ट क्लबका महासचिव यज्ञराज थापाले पाँच पालिकामा प्राप्त अनुभव र सफलतालाई आधार बनाई सबै ११ पालिकामा पोषणमैत्री पालिका घोषणाको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै, बाल पोषण भत्ता दुरुपयोग भएको गुनासो गर्दै उहाँले सबै सरोकारवाला निकायलाई नियन्त्रण र निगरानीमा सक्रिय हुन आह्वान गर्नुभयो ।

कार्यक्रममा परियोजनाका उपलब्धिहरूको प्रस्तुति, सुझाव आदान–प्रदान तथा आगामी रणनीतिबारे महत्वपूर्ण छलफल भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया