“रगत दिऔँ, आशा बाँडौँ, जीवन बचाऔँ” : सोसेक नेपाल

“रगत दिऔँ, आशा बाँडौँ, जीवन बचाऔँ” : सोसेक नेपाल

दैलेख -   हरेक वर्ष जेष्ठ ३१ गते (अन्तर्राष्ट्रिय रूपमा जुन १४) मनाइने विश्व रक्तदाता दिवसको अवसरमा सोसेक नेपालले स्वेच्छिक रक्तदाताहरूको अमूल्य योगदानप्रति हार्दिक सम्मान र कृतज्ञता प्रकट गर्दै नियमित, सुरक्षित र निःशुल्क रक्तदानमा सहभागी हुन सबैमा आग्रह गरेको छ।

“रगत दिऔँ, आशा बाँडौँ, जीवन बचाऔँ” भन्ने सन्देशसहित, “रगत देऊ, आशा देऊ :  सँगै मिलेर जीवन बचाऔँ” भन्ने नारामा आधारित यस दिवसमा सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले रक्तदानलाई सहकार्य, करुणा र सामाजिक उत्तरदायित्वको प्रतिकका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

संस्थाका अनुसार, तपाईंहरूजस्ता स्वेच्छिक रक्तदाताले दिएको रगतले आकस्मिक उपचार, शल्यक्रिया, मातृ तथा शिशु स्वास्थ्य सुधार तथा दीर्घरोगसँग संघर्ष गरिरहेका हजारौँ नेपालीको जीवनमा नयाँ आशा र उज्यालो छरेको छ।

सोसेक नेपालले सम्पूर्ण रक्तदाताप्रति आभार प्रकट गर्दै सबै नागरिकलाई यो पुण्य कार्यमा निरन्तर सहभागी भई समाजलाई थप सुरक्षित, जिम्मेवार र मानविय बनाउने अभियानमा हातेमालो गर्न आह्वान गरेको छ।

प्रतिक्रिया