वर्षायामजन्य जोखिमबारे जनआधारभूतमा चेतनामूलक छलफल

दैलेख – वर्षायाममा हुने सम्भावित प्राकृतिक जोखिमबाट कसरी सतर्क र सुरक्षित रहने भन्ने विषयमा ठाटीकाँध गाउँपालिका–६ स्थित जन आधारभूत विद्यालय, थापाटोलमा विपद पुर्वतयारीबारे छलफल गरिएको छ।
एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाको सहजीकरणमा आयोजित छलफलमा वर्षायाममा बाढी, पहिरो, चट्याङ, डुबान लगायतका सम्भावित जोखिमहरूबारे जानकारी दिइएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
साथै जोखिम न्युनिकरणका उपायहरू, पूर्वतयारी, संचार व्यवस्था र आपत्कालीन अवस्थाका लागि कसरी तयारी गर्ने भन्नेबारे स्थानीय अभिभावक, विद्यार्थी तथा समुदायका सदस्यहरूलाई अवगत गराइएको थियो ।
उक्त छलफलमा सहभागी विद्यार्थीहरूलाई संकटपछिको उद्धार तथा राहत प्रक्रियामा कसलाई, कुन माध्यमबाट, कुन ठाउँमा खबर गर्ने भन्ने विषयमा पनि विशेष प्रशिक्षण प्रदान गरिएको थियो । विद्यालय र स्थानीय बस्तीका दृष्टिकोणबाट तत्काल खबर गर्न मिल्ने स्थान र व्यक्तिहरूको सूची समेत तयार गरिएको सहकार्य परियोजनाले जनाएको छ ।
प्रतिक्रिया