वालविकास शिक्षकहरुलाई चार दिने क्षमता विकास तालिम सम्पन्न

दैलेख – भगवतीमाई गाउँपालिकामा कार्यरत २५ जना वालविकास शिक्षकहरूलाई लक्षित गर्दै पाठ्यक्रममा आधारित चार दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग, भगवतीमाई गाउँपालिकाको समन्वय र सोसेक नेपालको सहजीकरणमा सम्पन्न तालिममा शिक्षणका ६ कुना, दैनिक कार्यतालिका, पठनपाठन सिप र सामग्री निर्माणमा केन्द्रित सहजीकरण गरिएको थियो ।
तालिमको सहजीकरण सेतो गुराँसका बालविकास निर्देशक राधा मल्ल र सोसेक नेपालका शिक्षा अधिकृत सुमन रिजालले गर्नुभएको थियो ।
समापन कार्यक्रममा पालिका अध्यक्ष गणेशबहादुर थापाले शिक्षकको भूमिकामार्फत मात्र शैक्षिक परिवर्तन सम्भव हुने बताउँदै बालबालिकाको मनोभावना बुझेर शिक्षण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । उपाध्यक्ष मिनाकुमारी खड्काले वालविकासलाई सिकाइको प्रारम्भिक चरण भन्दै कक्षाकोठा व्यवस्थापन र शिक्षणका ६ कुनाअनुसार सामग्री विकासमा जोड दिनुभयो ।
तालिम जेष्ठ २९ देखि असार १ गतेसम्म निकेश होटलमा सञ्चालन भएको थियो ।
प्रतिक्रिया