भैरवीमा महिनावारी र बालविवाहबारे छलफल

दैलेख – दैलेखको भैरवी गाउँपालिका वडा नम्बर ४ मा गठन गरिएको पञ्चकोशी आमा समूहको नियमित बैठक सम्पन्न भएको छ । एईआईन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाको सहजीकरणमा बैठक सम्पन्न भएको हो ।
बैठकमा मर्यादित महिनावारी, बालविवाह न्यूनीकरण, र सामाजिक चेतना अभिवृद्धिका विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो ।
साथै, समूहले सदस्यहरूसँग असुल गरिएको आयआर्जनको रकम संकलन गरी ऋण लगानी प्रक्रिया अघि बढाएको छ । बैठकमा सहभागी महिलाहरूले आफ्ना अनुभव साटासाट गर्दै, समुदायमा सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समूहले आगामी दिनहरूमा महिलाको सामाजिक र आर्थिक सशक्तीकरणका लागि थप गतिविधि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया