खाडाचक्र–४ मा महिला समूह भेटघाट कार्यक्रम सम्पन्न

महिला अधिकार र संस्थागत सशक्तीकरणबारे छलफल

खाडाचक्र–४ मा महिला समूह भेटघाट कार्यक्रम सम्पन्न

कालिकोट –  कालिकोटको खाडाचक्र नगरपालिका वडा नम्बर ४ मा गठित पिपल चौतारा महिला समूहको अध्यक्ष गंगा ज्यूको अध्यक्षतामा महिला समूह भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी खाडाचक्र नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा कालिकोटमा संचालित आधार परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो । 

बैठकमा संस्थागत संरचना, समूह परिचालन, महिला अधिकार, र समुदायमा महिलाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी महिलाहरूले समूहमार्फत आर्थिक, सामाजिक तथा कानुनी चेतना अभिवृद्धि गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमले महिला समूहबीच आपसी सम्बन्ध सुदृढीकरण र साझा उद्देश्यप्रति प्रतिबद्धता जनाउने अवसर प्रदान गरेको थियो। समूहले आगामी दिनमा थप सशक्तिकरणमुखी गतिविधिहरू सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया