सांसद अमरबहादुर थापाद्वारा सदनमै बजेट पुस्तिका च्यातियो

सांसद अमरबहादुर थापाद्वारा सदनमै बजेट पुस्तिका च्यातियो

काठमाडौँ –  नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सदनमै बजेट पुस्तिका च्यात्नुभएको छ  ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले ल्याएको बजेट र भौतिक मन्त्रालयको बजेट उल्टो बाटोमा हिँडेको आरोप लगाउनुभयो  ।

उहाँले भन्नुभयो, ‘जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो। म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु।’

प्रतिक्रिया