ठाटिकाँधमा बालबालिकाको सक्रिय सहभागितामा बाल क्लब गठन

ठाटिकाँधमा बालबालिकाको सक्रिय सहभागितामा बाल क्लब गठन

दैलेख –  दैलेखको ठाटीकाँध गाउँपालिका २ मा रहेको श्री कालिका आधारभूत विद्यालय सेरिपाटामा बालबालिकाको सक्रिय सहभागितामा बाल क्लब गठन गरिएको छ ।

एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहजीकरणमा बाल क्लब गठन गरिउको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बाल क्लबका उद्देश्य, भूमिका र कर्तव्यका विषयमा बालबालिकाहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरु उत्साहित देखिन्थे । 

नवगठित बाल क्लबमा ९ जना छात्र र ७ जना छात्रा गरी १६ जना बालबालिकाको समावेशिता रहेको छ। क्लब गठनपछि विद्यालयस्तरमा बाल अधिकार संरक्षण, सिर्जनात्मक क्रियाकलाप तथा नेतृत्व विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय अभिभावक तथा समाजसेवीको उपस्थिति रहेको थियो । उनीहरुले बालबालिकामा नेतृत्व क्षमता विकासका यस्ता गतिविधि आवश्यक रहेको धारणा व्यक्त गरे  ।

विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले क्लबको नियमित सञ्चालन र प्रभावकारीताका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै श्री जना आधारभूत विद्यालय, ठाटीकाँध गाउँपालिका–६ मा कक्षा २ देखि ५ सम्म अध्ययनरत बालबालिकाको सक्रिय सहभागितामा १५ सदस्यीय बाल क्लब गठन गरिएको छ । नवगठित क्लबमा ७ जना छात्र र ८ जना छात्रा रहेका छन्।

प्रतिक्रिया