विश्व योग दिवसको अवसरमा सोसेक नेपालद्वारा शुभकामना

विश्व योग दिवसको अवसरमा सोसेक नेपालद्वारा शुभकामना

दैलेख  -  “स्वस्थ मन, सबल तन—योगसँगै उज्यालो जीवन” भन्ने नाराका साथ सोसेक नेपालले २०२५ को विश्व योग दिवसका अवसरमा शुभकामना सन्देश प्रकाशित गरेको छ।

कार्यकारी निर्देशक हीरासिंह थापाले जारी गर्नुभएको सन्देशमा योगले आत्मा, शरीर र मस्तिष्कको सन्तुलन कायम गरी मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।

सन्देशमा दैनिक जीवनमा अपनाउन सकिने तीन सरल अभ्यास-पाँच मिनेट गहिरो सासप्रश्वास, दस मिनेट सहज आसन अभ्यास, र दैनिक धन्यवाद डायरी लेखन-मार्फत मानसिक सन्तुलन र आत्मस्वीकृति वृद्धि गर्न सकिने भनिएको छ।

योगले स्वस्थ व्यक्ति, परिवार र समाज निर्माणमा सहयोग पुर्‍याउने भन्दै सोसेक नेपालले सबैलाई योगलाई जीवनशैलीका रूपमा अंगीकार गर्न आह्वान गरेको छ।

प्रतिक्रिया