राउटे समुदायको अधिकार संरक्षणबारे समन्वयात्मक बैठक सम्पन्न

राउटे समुदायको अधिकार संरक्षणबारे समन्वयात्मक बैठक सम्पन्न

सुर्खेत  -  कर्णाली प्रदेशसभा अन्तर्गत सामाजिक विकास समितिको आयोजनामा राउटे समुदायको मौलिक पहिचान, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासम्बन्धी विषयमा समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

२०८२ असार ६ गते, शुक्रबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरकारी निकाय, जनप्रतिनिधि, सरोकारवाला संस्थारूको सहभागिता रहेको थियो ।

सहभागीहरूले राउटे समुदायको जीवनशैली संरक्षणका साथै उनीहरूको आधारभूत अधिकार सुनिश्चित गर्न आवश्यक नीति, कार्यक्रम र समन्वयको आवश्यकता औँल्याका थिए ।

सामाजिक विकास समितिले राउटे समुदायप्रति ऐतिहासिक, सांस्कृतिक र मानवअधिकारको सम्मानसहित समावेशी नीति निर्माणका लागि सरोकारवाला निकायबीच निरन्तर संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया