ठाटिकाँधमा विपद् पूर्वतयारी सम्बन्धी अभिमुखीकरण सम्पन्न

ठाटिकाँधमा विपद् पूर्वतयारी सम्बन्धी अभिमुखीकरण  सम्पन्न

दैलेख –   दैलेखको ठाटिकाँध गाउँपालिकामा  'विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना' सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विपद् व्यवस्थापन शाखाको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष तथा विपद् व्यवस्थापन समिति अध्यक्ष रक्ष बहादुर शाहको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत तुलसीप्रसाद उपाध्यायको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । अभिमुखीकरणका लागि प्रशिक्षकको भूमिका दैलेख जिल्लाका सायंक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद कोइरालाले निर्वाह गर्नुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य, वडा नं. १ देखि ६ का वडा अध्यक्षहरू, सम्पूर्ण शाखा प्रमुखहरू, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

प्रशिक्षणमा विपद् पूर्वतयारीका उपाय, स्थानीय तहको भूमिका, समुदायस्तरमा आवश्यक प्रतिकार्य रणनीति, तथा विपद् व्यवस्थापन योजनालाई व्यवहारमा कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।

गाउँपालिका अध्यक्ष शाहले विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य क्षमताको सुदृढीकरणका लागि यस्तो खालको अभिमुखीकरण महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहभागीहरूले कार्यक्रम जानकारीमूलक र व्यवहारिक भएको प्रतिक्रिया दिँदै, स्थानीय तहमा विपद् व्यवस्थापनको तयारी र संयोजन सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया