हुम्लामा बलात्कारसम्बन्धी उजुरीहरूमा वृद्धि

हुम्ला – हुम्लामा बलात्कारसम्बन्धी उजुरीहरूमा चार गुणाले वृद्धि भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पुस महिनादेखि हालसम्म ५ वटा बलात्कारका उजुरी दर्ता भएका छन्।
डीएसपी शंकर पोखरेलका अनुसार, अघिल्लो वर्ष सोही अवधिमा १ मात्र उजुरी परेको थियो। यसपालि उजुरीको आधारमा १३ देखि ४५ वर्ष उमेर समूहका महिलाहरू पीडित र १६ देखि ४५ वर्ष उमेरका पुरुषहरू आरोपित रहेका छन्।
सर्केगार्ड, चङ्खेली, खार्पुनाथ र जुम्लाका विभिन्न स्थानका ५ जना आरोपितहरू पक्राउ परेका छन् र सबैविरुद्ध मुद्दा अदालतमा दर्ता भइसकेको छ।
प्रहरीले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम चलाएपछि पीडितहरू प्रहरीसमक्ष खुल्न थालेका छन्। यसले घटनाहरू उजागर हुन र अपराधी नियन्त्रणमा ल्याउन सहयोग पुगेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया