भैरवी–५ मा देउतिबज्यै आमा समूहसँग भेटघाट
बाल विवाह, महिनावारी र आयआर्जनबारे छलफल

भैरवी – दैलेखको भैरवी गाउँपालिका–५ मा रहेको देउतिबज्यै आमा समूहका सदस्यहरूसँग समुदायस्तरको महिला सशक्तिकरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा भैरवीमा संचालित आधार परियोजनाको सहजीकरणमा भएको कार्यक्रममा बालविवाह, मर्यादित महिनावारी, व्यक्तिगत सरसफाइ तथा आम्दानी वृद्धिका विषयमा अन्तरक्रिया र छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूमाझ बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा पार्ने नकारात्मक असरका बारेमा जानकारी दिइएको थियो । त्यस्तै, महिनावारी स्वच्छता, सामाजिक व्यवहार र स्वास्थ्य सरोकार बारे सचेत गराइएको थियो ।
हरि रिजालले आफ्ना आयआर्जनका अनुभवहरू साझा गर्नुभयो । , “मैले परियोजनाबाट प्राप्त १५,००० रुपैयाँको सहयोग बाट तीनवटा बाख्रा खरिद गरेर बाख्रापालन सुरु गरेको थिएँ । अहिले ती बाख्राबाट उत्पादन बढ्दै जाँदा ४५,००० रुपैयाँ आम्दानी भएको छ र अहिले बाख्राको संख्या चार पुगेको छ ।”
प्रतिक्रिया