कनकासुन्दरीले ल्यायो ४९ करोडको बजेट

जुम्ला – कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारेको ४९ करोड ७१ लाख रुपैयाँभन्दा बढीको बजेट स्थानीयको आवाज र आवश्यकताको आधारमा बनाइएको जनाएको छ।
सोमबारदेखि सुरु भएको १५औँ गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै तल्लो तहबाट आएको योजना छनोट गरी प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनुभयो ।
उहाँका अनुसार ‘माग होइन, आवश्यकताको मूल्यांकनका आधारमा योजना छनोट गरिएको’ हो । विशेषतः पहुंच नपुगेका समुदाय र भौगोलिक हिसाबले पछाडि परेका बस्तीहरूलाई प्राथमिकतामा राखिएको छ।
संघीय र प्रदेश सरकार, आन्तरिक स्रोत तथा गैरसरकारी संस्थाबाट प्राप्त रकमलाई संयोजन गरी निर्माण गरिएको बजेट अहिले डल्लो रूपमा पेश गरिएको छ। अध्यक्ष आचार्यका अनुसार आगामी दिनमा विषयगत छलफलपछि शाखागत रूपमा बजेट विनियोजन गरिनेछ।
प्रतिक्रिया