दैलेखमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यू

दैलेखमा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यू

दैलेख –  ट्रयाक्टर दुर्घटनामा परी दैलेखमा चालकको मृत्यू भएको छ । भैरबी गाउँपालिका–६ तीजडाँडा नजिकको भीरमा भएको दुर्घटनामा ट्रयाक्टर चालक नारायण नगरपालिका–१ कुइकाना २१ वर्षीय इश्वर श्रेष्ठको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बराले जानकारी दिनुभयो ।

ना.प्र.०२–००१ त ५९१ नम्बरको ट्रयाक्टर तोरीमुलबाट डाँडामाडी तर्फ आउदै गर्दा मंगलबार राति अबेर दुर्घटना भएको डीएसपी बरालले बताउनुभयो । घाइते भएका सहचालक भैरबी गाउँपालिका–४ का १९ वर्षीय सुन्दर बिष्टलाई जिल्ला स्वास्थ्य कार्यलय दैलेखबाट सुर्खेतको लागि रीफर गरेको छ । मृतकको सव जिल्ला स्वास्थ्य कार्यलय दैलेखमा पोष्टमार्टमको लागि ल्याईएको छ । घटनाको थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया