ठाटीकाँधका कृषक थापाको प्लास्टिक टनेल अनुगमन, २० हजार आम्दानी

ठाटीकाँध – दैलेखको ठाटीकाँध गाउँपालिका–६ का अगुवा कृषक धर्मराज थापाको प्लास्टिक टनेल फार्मको अनुगमन गरिएको छ । उनले टनेलभित्र टमाटर खेती गरेका छन् भने हालसालै काक्रो बिक्री गरी रु २० हजार आम्दानी गरेको सोसेक नेपालले जनाएको छ ।
अनुगमनको क्रममा टमाटरमा देखिएको डडुवा रोगको पहिचान, रोकथाम तथा जैविक नियन्त्रण उपायबारे प्राविधिकहरूले जानकारी गराएका थिए । टनेल प्रविधिले उत्पादनमा वृद्धि र रोग नियन्त्रणमा सहजता ल्याएको कृषक थापाले बताए ।
एईआइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहयोग पाएपछि थापा मात्र नभएर पालिकाभरका कृषकहरु कृषिमा आर्कर्षित रहेको कृषि प्राबिधिक भुपेन्द्र सिजापतिले जानकारी दिनुभयो ।
प्रतिक्रिया