कर्णाली सरकारले गर्यो ६९३ पत्रकारको स्वास्थ्य बिमा

सुर्खेत - कर्णाली प्रदेश सरकारले प्रदेशभरका ६ सय ९३ जना पत्रकारको निशुल्क स्वास्थ्य बिमा गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चालित कार्यक्रममा प्रत्येक पत्रकारका लागि वार्षिक ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था गरिएको छ।
बिमा कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयका निमित्त सचिव उत्तम गौतम, राष्ट्रिय बिमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुवास कोइराला र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्रप्रसाद भट्टराईबीच सम्झौता भएको हो।
१५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको यस योजनाबाट महासंघका सदस्य मात्र होइन, सक्रिय पत्रकारिता गरिरहेका सबै पत्रकार लाभान्वित हुनेछन्। बिमाअन्तर्गत ओपिडी खर्चको २० प्रतिशत र स्वास्थ्य संस्थामा भर्ना भइ गरिएको उपचारको ८० प्रतिशत सम्म खर्च फिर्ता पाउने व्यवस्था छ।
प्रतिक्रिया