सोसेकद्वारा सबै प्रकारका अन्यायको विरुद्धमा सशक्त कार्यवाहीको माग

सोसेकद्वारा सबै प्रकारका अन्यायको विरुद्धमा सशक्त कार्यवाहीको माग

दैलेख -  “ग्लोबल डे अफ एक्सन २०२५” को अवसरमा सोसेक नेपालले सबै प्रकारका अन्याय, भेदभाव, जलवायु संकट, श्रमिक शोषण, बालबालिका तथा महिला हिंसा र सामाजिक असमानताको विरुद्धमा सशक्त कार्यवाहीको माग गरेको छ।

संस्थाका कार्यकारी निर्देशक हिरासिंह थापाले जारी गरेको सन्देशमा दिगो विकास, मानव अधिकार, लैङ्गिक समानता, अपांगता समावेशिता र वातावरणीय संरक्षणका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेको सोसेक नेपालले सामाजिक रूपान्तरणका लागि सबै नागरिक, युवा तथा सरोकारवालालाई एकजुट भई आवाज उठाउन आह्वान गरेको उल्लेख छ।

 

 

प्रतिक्रिया