दैलेखमा वृक्षारोपण कार्यक्रम सम्पन्न

दैलेख – विश्व वृक्षारोपण दिवसको अवसरमा दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
कार्यक्रममा धुपिसल्ला, लिप्टिस, टिमुर लगायतका बहुपयोगी र वातावरणमैत्री प्रजातिका बिरुवाहरू रोपिएको नगरपालिकाले जानकारी दिएको छ।
वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, पूर्व नगरप्रमुख सूर्यबहादुर शाही, वर्तमान नगरप्रमुख गणेश कुमार शाही, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, विभिन्न वडाका अध्यक्षहरू, नगरपालिका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नमराज शाहीले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई नियमित अभियानको रूपमा अघि बढाउनु पर्ने आवश्यकता औंल्याउनु भयो। नगरप्रमुख गणेश कुमार शाहीले पनि दिगो विकासका लागि हरियाली विस्तार अपरिहार्य भएको बताउनुभयो ।
प्रतिक्रिया