दैलेखको भैरवी गाउँपालिकामा उत्साहाका साथ धान दिवश मनाईयो

दैलेखको भैरवी गाउँपालिकामा उत्साहाका साथ धान दिवश मनाईयो

दैलेख- दैलेखमा हरेक बर्ष असार १५ गते किसान साँमु सहभागि भएर २२ औं राष्टिय धान दिवश तथा रोपाइ महोत्सव मनाइएको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नं.३ को गडाजिउलामा धान दिवश तथा रोपाइ महोत्सव मनाइएको छ ।  धान दिवश कार्यक्रमा सम्पुर्ण जनप्रतिनिधि,राजनितिक दल,समाजसेवि,कृर्षक लगायतको उपस्थिति रहेको थियो । उक्त पालिकाको कृषि शाखाले उत्तर गंगा कृषि तथा पशुपालन कृषक समुह भैरवी ३ लाई १ वटा मिनि टिलर र सम्मानको लागि स्याँकु पनि हस्तान्तरण गरीएको छ । साथै रोपाइ महोत्सवमा हिले दौड र हिले घैटो फुटाई कार्यक्रम,किशान लाई ढाका टोपीले सम्मान पनि गरिएको थियो ।


यस वर्ष ‘धान बालीमा सघनता: खाध्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा सहित देशैभर धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न गरिएको छ । भैरवी गाउँपालिका उपाध्यक्ष देबि भण्डारीले भैरबी गाउँपालिकाले प्रत्यक वर्ष फरक( फरक ठाउँमा किसानको श्रमको सम्मान गर्न धान दिवस मनाउदै आएको छ, यो वर्ष कृषिको सम्भावना बोकेको धारणा राख्नु भयो ।  उहाँले बाजेले कुलो बनाएको ठाउँमा स्थानिय सरकारले कुलाहरु बनाउने पहल गरिरहेको छ, अब सभावना भएको कृषी क्षेत्रमा अझ थप श्रम गर्न जरुरी रहेको औल्याउनु भयो ।  कृषी शाखा प्रमुख पृतम थापाले धान प्रमुख अन्न बाली भएकोले यसको उत्पादन र उत्पादकत्व बढाउन धान दिवस २०६१ बाट मनाउदै आएको र यस वर्षको नारा धान बालीमा सघनतामा केन्द्रित रहेको जसका लागि हामिले यहाँ भैरबीको गाडाजिउल जस्ता जिउलाहरुमा उत्पादन प्रविधी,मल, सिचाई र व्यवस्थापनलाई अझ सघन र प्रभावकारी बनाएर उत्पादन र उत्पादकत्व बढाउन सकिने धारणा राख्नुभयो । 
गत वर्ष दैलेखमा असार १५ गतेसम्म करिब २८ प्रतिशतमात्र किसानले रोपाइँ गरे पनि यस वर्ष ३५ प्रतिशत रोपाइँ गरिसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दसरथ पाण्डेले जानकारी दिनुभयो ।  

 

प्रतिक्रिया