जिल्ला अदालत दैलेखमा ७२ प्रतिशत मुद्दा फैसला: सबैभन्दा बढी सम्बन्ध बिछेदका मुद्दा
दैलेख- दैलेख जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८१ देखि चालु आर्थिक वर्ष २०८२ असार ३१ गतेसम्म जम्मा ४०४ मुद्दा दर्ता भएका छन्। गत आर्थिका बर्ष फर्छयौट हुन बाकी रहेका १२९ र चालु आर्थिक वर्षमा दर्ता हुन आएका ४०४ गरि जम्मा ५३३ मुद्धा अदालतमा दर्ता भएका थिए । अदालतले यस अवधिमा ७२।२३ प्रतिशत मुद्दा फर्छयौट गरेको छ भने १४८ मुद्दा अझै बाँकी रहेका अदालतका श्रेस्तेदार उपसचिववीरेन्द्रबहादुर मल्लले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिनु भएको हो।
उहाका अनुसार सबैभन्दा बढी दर्ता हुने मुद्दा सम्बन्ध बिछेदका मुद्दा रहेका छन। जसको संख्या २३६ रहेको छ, जुन कुल मुद्दाको ४४।२७ प्रतिशत हो। फर्छयौट मुद्दा ३८५ रहेको छ, जसमा अघिल्लो आर्थिक बर्षमा बाट ११८ र नयाँ दर्ताबाट २६७ मुद्दा फर्छयौट भएका छन्।
यो बर्ष फर्छयौट हुन बाँकी रहेका १४८ मुद्दा मध्ये ६ महिनाभित्र १११, ६–१२ महिनाभित्र १९, १२–१८ महिनाभित्र ७ र १८ महिना नाघेका २ मुद्दा रहेका छन्।
थुनुवा मुद्दा संख्या ७८ रहेको छ, जसमा महिला ३, पुरुष १९ र बालबालिका ३ रहेका छन्। बालबालिका सम्बन्धी मुद्दा २१ छन्, जसमा गत बर्षका १०, नयाँ दर्ता ११ र फर्छयौट १८ मुद्दा रहेका छन् ।
जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले सम्बन्ध बिछेद हुनुका मुख्य कारण सामाजिक संजाल र गरिबी रहेको बताउँदै, विदेश रोजगारका कारण पनि सम्बन्ध बिछेद हुने गरेको बताउनु भयो । उहाँले यस वर्ष केही मुद्दा फर्छयौट हुन बाँकी रहेको तर अर्को वर्ष सबै मुद्दा सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने, बार एशोसियसनका जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ दैलेख जिल्ला अध्यक्ष अमर सुनार समेतको उपस्थिति थियो ।
प्रतिक्रिया