म मेरा प्रश्न लिएर आएको छु

म मेरा प्रश्नहरू लिएर आएको छु -
त्यसैलाई सोध्न,
जो गर्वले भन्छ -
'देश बदलिएको छ,
विकास भएको छ।'
म भन्छु -
तिमी कुन देशको कुरा गर्दैछौरु
त्यो देश जहाँ -
गर्भवती आमाहरू
अझै चार घण्टा पैदल हिँड्छन् अस्पताल जान,
जहाँ शिक्षा भनिन्छ
भित्तामा टाँसिएको पोस्टरले,
तर गाउँका विद्यालय
शिक्षकविहीन छन्।
म सोध्न चाहन्छु -
यदि छोरीहरू स्वतन्त्र छन् भन्ने लाग्छ भने,
किन अझै पनि
'बिहे गर्न ढिलो भयो' भन्दै
छोरीलाई गाली गरिन्छरु
र, यदि छोरीहरू अधिकारप्राप्त छन् भने -
किन अझै दाइजो नपाएको निहुँमा
चेलीहरू जलाइन्छन् ?
किन उनीहरूका सपनाहरू
स्वास्नीको भूमिकामा मात्रै सीमित गरिन्छन्
छोरी जन्मेपछि
यदि कसैको निधार खुम्चिन्छ भने -
कुन स्वतन्त्रताको गफ गरिरहेका छौं हामी ?
तिमी जुन समाजमा बाँचिरहेका छौ,
त्यहाँ अझै पनि
'छाउपडिको नाममा
छोरीहरू चिसो गोठमा मर्छन्।
महिनावारी भएको निहुँमा
उनीहरू अपवित्र ठहरिन्छन्,
साँढेको गोठमा थुन्नेहरू
आफैलाई सभ्य समाजका नागरिक ठान्छन्।
म भन्छु -
मेरो छोरीलाई भान्सा सिकाउनु,
उल्लाई सक्षम बनाउनु हो भने -
के तिम्रो छोराले संसार बदल्ने प्रमाण दिनु पर्दैन ?
तिमी बसेको काठमाडौं -
नेपालको केवल एउटा टुक्रा हो ।
त्यो झिलिमिली सहरको झ्यालबाट
पूरै देश देखियो भन्ने भ्रम नगर।
तिमीले देख्यौ कि -
अछामका २५ हजार घरमा अझै उज्यालो पुगेको छैन ?
त्यहाँका बालबालिका
अन्धकारमा निदाउँछन्,
पढ्न पाउँदैनन् ।
कति गाउँहरूमा अझै बाटो पुगेका छैनन् -
के थाहा छ तिमीलाईरु
तर पनि तिमी भन्छौ -
'देश समृद्ध छ।'
म भन्छु -
यही सोचले त देखाउँछ -
तिमी कुन स्तरमा उभिएका छौ ।
प्रतिक्रिया