गठि दोहोल टोलमा महिला समूह भेटघाट कार्यक्रम सम्पन्न

गठि दोहोल टोलमा महिला समूह भेटघाट कार्यक्रम सम्पन्न

खाडाचक्र –  कालिकोटको खाडाचक्र नगरपालिका–१, गठि दोहोेल टोल फुलबारीमा महिला समूहबीच सम्वाद तथा सशक्तिकरण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। एईआईन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा सम्पन्न भएको हो  ।

कार्यक्रमको अध्यक्षता महिला समूहकी अध्यक्ष श्रीमती विद्यापुरा शाहीले गर्नुभएको थियो । बैठकमा संस्थागत परिचय, टोल फ्रि नम्बर (बाल हेल्पलाइन १०९८), महिला हिंसा विरुद्धको कानुनी जानकारी, र महिला अधिकार सम्बन्धी महत्वपूर्ण छलफलहरू गरिएको थियो ।

बैठकमा सहभागी महिलाहरूले गाउँमा महिलाहरूले भोग्दै आएका विविध समस्या र तिनको समाधानका उपायहरूबारे खुलेर विचार आदान–प्रदान गरेको आधार परियोजनाले जनाएको छ । महिला हिंसाको पहिचान, कानुनी सहायता, सुरक्षित स्थानको उपलब्धता, तथा सामाजिक सहयोग प्रणालीबारे जानकारी दिइएको थियो ।

आधार परियोजना प्रतिनिधिहरूले महिला समूहलाई स्थानीय स्तरमै सचेतना अभिवृद्धि गरी आत्मनिर्भरता र अधिकारमा आधारित समुदाय निर्माणमा सहभागी हुन प्रेरित गर्नुभएको थियो 

प्रतिक्रिया