नेपाली कांग्रेस दैलेखले बीपी स्मृति दिवसको अवसरमा गर्यो वृक्षारोपण

नेपाली कांग्रेस दैलेखले बीपी स्मृति दिवसको अवसरमा गर्यो वृक्षारोपण

दैलेख – नेपाली कांग्रेस दैलेखले एक कार्यक्रम गरी प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३ औं स्मृति दिवस मंगलबार मनाएको छ । नेपाली  कांग्रेस पार्टी कार्यालयमा रहेको बीपीको तस्बिरमा माल्यापण गरी कार्यकम मनाइएको हो। कार्यक्रममा पूर्व पार्टी सभापति, वरिष्ठ नेता रविन्द्रराज श्रेष्ठ, कर्णाली प्रदेश सरकारका सामाजिक विकास समितिका सभापति माननीय पूर्ण बहादुर खत्री, नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटी सदस्य निर्मला खड्का थापा, महासमिति सदस्य गणेश उपाध्याय, पूर्व पार्टी सहसचिव रेशम विश्वकर्मा लगायतका नेताहरूले बीपीको तस्बिरमा माल्यापन गरी बीपीलाई सम्झिनु भएको छ।

युग पुरुष गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको भवनको प्रागणमा वृक्षारोपण समेत गरी बीपीको स्मृति दिवस मनाइएको सभापति मणिराम रेग्मीले ज्वाला सन्देशलाई जानकारी दिनुभयो। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको वि।सं।२०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको छ । 


उहाँका तीन घुम्ती, मोदी आइन, हिटलर, यहुदी, सुम्निमा, नरेन्द्रदाई र बाबु, आमा र छोरा गरी छ उपन्यास प्रकाशित भएका छन् ।उहाँका दुई कथा सङ्ग्रह श्वेत भैरवी र दोषी चश्मा, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।
उहाँको स्मृतिमा आज नेपाली काँग्रेस, भ्रातृ संगठन तथा बीपी संग्रहालय समितिको संयोजनमा देशैभर कार्यक्रमहरू आयोजना गरिएको थियो।

प्रतिक्रिया