दैलेखमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिको परिवारसँग पुनर्मिलन

दैलेख - दैलेख जिल्लाको दुल्लु नगरपालिका–१३ स्थित विनायक बजारको वन क्षेत्र (लालझाँडी जङ्गल) नजिक बेवारिसे अवस्थामा भेटिएका एक जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराइएको छ।
पुनर्मिलनको यो मानवीय कार्य दुल्लु ननगरपालिका ,सोसेक नेपालद्वारा सञ्चालित हातेमालो परियोजना र गल्स म्याटर परियोजनाको टोलीको सक्रियतामा सम्पन्न भएको हो । वाल हेल्पलाइन १०९८ मा खबर प्राप्त भएपछि सोसेक नेपालका कर्मचारी, र गल्स म्याटर परियोजनाकी कार्यक्रम अधिकृत धिर्जा सिजापतीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
त्यसपछि स्थानीय विनायक अस्थायी प्रहरी चौकीलाई सूचित गरी प्रहरीको समन्वयमा उक्त व्यक्तिको पहिचान खुलाइएको थियो। उक्त व्यक्ति दुल्लु नगरपालिका–१ निवासी डिलबहादुर खड्का रहेको खुलेपछि उनको छोरा भद्रबहादुर खड्कासँग सम्पर्क गरेर पारिवारिक पुनर्मिलनको प्रक्रिया अघि बढाइएको हो।
सोसेक नेपाल दुल्लु शाखाका कृषि प्रविधिक ईश्वर रेग्मीका अनुसार, डिलबहादुर खड्का सोसेक नेपाल हातेमालो परियोजनाअन्तर्गत गठन गरिएको अपाङ्गता स्वावलम्बन समूहका सदस्य समेत हुन्।
उनी हिजो साँझ करिब ४ बजेतिर बजार नजिकैको जङ्गलमा मानसिक असन्तुलनसहित एक्लै अवस्थामा फेला परेका थिए । उनिलाई अस्थायी प्रहरीचौकी विनायकले दुल्लु नगरपालिका मानसिक स्वास्थ्य कार्यक्रमकि मन्जु मल्ल लाई खवर गरेपछि सोसेक नेपाल सहितको राेहवरमा आफन्तहरुको जिम्मा लगाईएको छ ।
प्रतिक्रिया