जुम्लामा बालश्रममा संलग्न पाँच बालकको उद्धार, बालिकालाई परिवारमा पुनर्मिलन

जुम्लामा बालश्रममा संलग्न पाँच बालकको उद्धार,  बालिकालाई परिवारमा पुनर्मिलन सांकेतिक तस्बिर

जुम्ला -   जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रमा बालश्रममा संलग्न पाँच जना बालकको उद्धार गरिएको छ ।

बालकलाई उद्धार गरी आवश्यक परामर्श सेवा प्रदान गरिएको छ। उद्धार गरिएका तीमध्ये तीनजना बालकलाई परिवारसँग पुनर्मिलन गराइएको छ भने बाँकी दुईजना बालकलाई आश्रय सेवामा राखिएको छ ।

 ४ साउन २०८२ मा एक बालिका घरबाट हराएको भनी मिति २०८२ साउन ५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा खोजतलासको लागि निवेदन दर्ता गरिएको थियो । साथै, सोही घटनाको जानकारी कालिकोटस्थित हेल्पलाइन १०९८ मार्फत समेत दिइएको थियो ।

६ साउन २०८२ को राति करिब ९:३० बजे सो बालिका जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल नजिक फेला परेकी हुन् । सोसेक नेपालमा कार्यरत कर्मचारी सुस्मिता महत आफ्नी सासुको उपचारका लागि अस्पताल गएको समयमा उहाँले हराएकी बालिकालाई देखेपछि तत्काल उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा खबर गनुभएको थियो ।

बालकलाई उद्धार गरी आवश्यक मनोविमर्श परामर्श सेवा प्रदान गरिएको छ। उद्धार गरिएका  पाँच बालबालिकामध्ये २ जना बालबालिकालाई मनोपरामर्श सेवा र पारिवारिक परामर्शपछि परिवारमा पुनर्मिलन गराइएको छ भने बाँकी १ जना बालकलाई मनोविमर्श परामर्शपछि बालकलाई  उसको आफन्तको सहयोगमा कैलाली पठाउनका लागि पहल गरिएको थियो भने दुईजना बालकलाई आश्रय सेवा महिला तथा बालबालिका सेवा केन्द्र जुम्ला ट्रान्जिट होममा एक दिन राखी परामर्श सेवा दिई  मुगुबाट परिवारलाई बोलाई परिवारमा पुनर्मिलन गरिएको छ । 

प्रतिक्रिया