तरकारी खेतीबाट आत्मनिर्भर मङ्गला, आम्दानीले शिक्षादेखि घरखर्च सहज

तरकारी खेतीबाट आत्मनिर्भर मङ्गला, आम्दानीले शिक्षादेखि घरखर्च सहज

कालिकोट -  कालिकोटको खाडाचक्र नगरपालिका–३ मा गठित पुजामालिका महिला सञ्जालकी सक्रिय सदस्य मङ्गला पाण्डे आफ्नो मेहनत र लगनशीलता मार्फत तरकारी खेतीबाट आत्मनिर्भर जीवन यापन गरिरहनुभएको छ।

एइआईन लक्जेम्बगको साझेदारीमा सोसके नेपालद्वारा संचालित आधार परियोजनाको सहयोग पाएपछि  उहाँले तरकारी खेतीमार्फत मासिक १५ हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको पाण्डे बताउँनुहुन्छ ।

उहाँले आफ्ना बालबालिकाको शिक्षादेखि घरपरिवारको समग्र खर्च यही आम्दानीबाट धान्न सफल भएको बताउनुभयो। उहाँले विशेष गरी तरकारीमा देखिने विभिन्न रोग र कीराबाट उत्पादनमा पर्ने प्रभावलाई समयमै पहिचान गरी जैविक तथा प्रभावकारी उपायहरू अपनाउँदै उत्पादनमा सुधार ल्याउँदै आउनु भएको छ।

'आम्दानीले मेरो बालबालिका पढ्न पाएका छन्, घर खर्च सहजसँग चलिरहेको छ,'  पाण्डेले भन्नुभयो । यही क्रममा, घरदैलो कार्यक्रमको माध्यमबाट समुदायका अन्य सदस्यहरूलाई पनि प्रेरित गर्दै बालअधिकारका विषयमा जानकारी गराउने अभियान सञ्चालन गरिएको आधार परियोजनाले जनाएको छ ।

कार्यक्रम अन्तर्गत १८ वर्षभन्दा कम उमेरका बालबालिकाका समस्या समाधानका लागि निःशुल्क रूपमा सञ्चालित ‘बाल हेल्पलाइन १०९८’ को जानकारी गराइएको परियोजनाले जनाएको छ ।


 

प्रतिक्रिया