बालविवाह विरुद्ध युवाहरुको ‘गफ फर युथ’ भेला

दैलेख– दैलेखको नारायण नगरपालिका–१, टुँडीखेलमा बिहिबार बालविवाह विरुद्ध युवाहरुको ‘गफ फर युथ-(GUFF4Youth)’ भेला सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रमका सहभागी युवाहरुले बालविवाहबारे गहिरो अनुभूति र विचार राख्नुभएको थियो ।
कार्यक्रमका जवाफदेहि बक्ता बाल विवाहा विरुद्ध कर्णली अभियान्ता चेतन गिरीले “बालविवाह बुझ्नुअघि विवाह के हो भन्ने बुझ्न जरुरी छ । यस विषयलाई लिङ्गिय दृष्टिकोण -gender lens_ बाट हेर्न आवश्यक छ । नीति निर्माणमै ’विवाह गर्न पाउने उमेर’ नलेखिएको कमजोरी छ ।”
कार्यक्रममा प्रेस सेन्टर नेपाल दैलेखका अध्यक्ष तिर्थ भण्डारीले “हामीले बालविवाह नगर्दा समाजमा हुने सकारात्मक परिवर्तनहरूको चर्चा गर्नु पनि उत्तिकै जरुरी रहेको बताउँनु भयो ।“
बालिकाहरू घरमै असुरक्षित महसुस गर्ने, शिक्षा अभाव, देखासिकी, र सामान्य चप्पल,जुत्ता जस्ता वस्तु अभावका कारणले पनि विवाह गरिने अवस्थाबारे गम्भीर छलफल भयो । कार्यक्रममा ३० जना भन्दा बढि सहभागीहरूसहित यो छलफलले सामाजिक स्वीकृतिका नाममा कायमै रहेको बालविवाहविरुद्ध सामूहिक चेतना र आवाज उठाउन प्रेरणा दिएको छ ।
नेपाल पत्रकार महांसघ जिल्ला अध्यक्ष अमर सुनारले जनचेतना धेरै भएपनी चेतनाको अभाव रहेको छ । हाम्रो समाजले नै वालबिवाहा स्विकार्यको छ, यसलाई न्युनिकरण गर्न हामि सबैको कर्तब्य रहेको बताउँनु भयो ।
बालिकाहरु घरमा नै सुरक्षीत नभएको महसुस गरिरहेका पनि छन । देखासिकीले गर्दा वालबिवाहा बढेको पाईन्छ विशाल सुनार,लोकेश गिरी,आरति गौतम लगायतले बिचार राख्नु भएको थियो ।
कार्यक्रम संक्षिप्त रुपमा अभियान्ता चेतन गिरीले बाल बिवाहा बुझ्नु भन्दा पहिले बिवाहा के हो बुझ्न जरुरी छ । यसलाई न्यूनीकरण गर्न हामी सबैको भुमिका फरक छ तर एक्यवद्ध भएर लाग्न जरुरी छ । नेपालमा बाल बिवाहा उमेर २० वर्ष,बालबालिका १८ मुनिका र युवा १६ वर्ष देखि भन्नेमा नितिमा लेख्दा कमजोरी भएको उहाँले बताउँनु भयो ।
प्रतिक्रिया