भुवापानी तल्लो डुगेश्वर खानेपानी तथा सरसफाई योजनाको वार्षिक साधारण सभा सम्पन्न

दैलेख – भुवापानी तल्लो डुगेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक साधारण सभा आइतबार दुल्लु नगरपालिका–१ मा सम्पन्न भएको छ।
सोसेक नेपाल अन्तर्गत एकिकृत जलस्रोत ब्यवस्थापन कार्यक्रममार्फत र हेलोधारा अन्तर्गत निर्माण गरिएको यो आयोजना सन्चालनमा आएपछि पहिलो पटक वार्षिक साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा दुल्लु नगरपालिका–१ का वडा अध्यक्ष तर्क व खड्का प्रमुख अतिथि रहनु भएको थियो भने समितिका अध्यक्ष बलबहादुर खड्काको अध्यक्षतामा सभा सम्पन्न भयो ।
सभामा उपभोक्ता समिति, स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली र सर्वसाधारण गरी कुल १३९ जनाको सहभागिता रहेको थियो। सभालाई सम्बोधन गर्दै वडा अध्यक्ष खड्काले 'शुद्ध पिउने पानी उपलब्ध गराउनु हाम्रो साझा जिम्मेवारी हो,' भन्दै उपभोक्ता समितिका लागि कार्यलय व्यवस्थापनको समेत व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, अध्यक्ष बलबहादुर खड्काले आयोजनालाई केवल खानेपानी सीमित नराखी आगामी दिनमा मिनिरल वाटरको रूपमा विस्तार गरी दैलेख जिल्लाभरि भुवापानीको ब्रान्ड निर्माण गर्ने योजना रहेको बताउनुभयो। ूयस आयोजनालाई व्यवसायिकरूपमा नमुनाका रूपमा अघि बढाइनेछ,' उहाँको भनाइ थियो।
सचिव क्षत्र बहादुर विकले समितिको भविष्यको योजना अनुसार दैलेखसहित छिमेकी जिल्लाहरूमा समेत शुद्ध पानी निर्यात गर्ने लक्ष्य रहेको बताउँदै सबैको सहकार्यमा आयोजनालाई निरन्तर अघि बढाइने धारणा राख्नुभयो।
कार्यक्रममा हेल्लो धारा परियोजनाका संयोजक नवराज पुरीले आयोजनाको दिगोपना तथा प्रभावकारी कार्यान्वयनका लागि परियोजनातर्फबाट निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै, प्राविधिक भरत भण्डारीले आयोजनाको प्राविधिक पक्ष, जलस्रोतको क्षमता र पूर्वाधार व्यवस्थापनबारे उपस्थितलाई जानकारी गराउनु भएको थियो।साधारण सभाले आगामी आर्थिक वर्षका लागि योजनाहरू तयार गर्ने, संस्थागत सुदृढीकरणमा जोड दिने र स्वच्छ, सुरक्षित तथा दिगो खानेपानी सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया