बालक्लब प्रतिनिधिलाई पाँचदिने बाल संवाददाता तालिम संचालन

बालक्लब प्रतिनिधिलाई पाँचदिने बाल संवाददाता तालिम संचालन

सुर्खेत –   सुर्खेतको वीरेन्द्रनगरमा बालक्लब प्रतिनिधिका लागि पाँचदिने बालसंवाददाता तालिम सुरु भएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको आयोजनामा पाँचदिने तालिम संचालन भएको हो । 

उक्त पाँचदिने तालिममा वीरेन्द्रनगर नगरपालिका नगरपालिका वडा नं–  १, २, ६, ७ र ८ देखि बालक्लब प्रतिनिधिहरूको सहभागीता रहेको बिहानी परियोजना संयोजक माया अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार  तालिमले बालप्रतिनिधिहरूलाई स्थानीयस्तरमा बाल–अधिकार र सरोकारका विषय उठान गर्न, छिमेक र विद्यालयभित्रको मुद्दा उजागर गर्न, र बालबालिकाकै आवाज बालबालिकामार्फत् मिडियामा पु¥याउन सशक्त बनाउने लक्ष्य राखिएको छ।

बिहानी परियोजनाकी संयोजक माया अधिकारीका अनुसार तालिम जगतदल जनाला विकले सहजीकरण गर्नुभएको छ । 'प्रत्येक वडाबाट एक÷एक जना बालसंवाददाता उत्पादन गरेर उहाँहरूलाई आफ्नै समुदायका बाल–सवाल मिडियामार्फत उठान गर्न सशक्त बनाउने हाम्रो उद्देश्य हो । ती सवाल सरोकारवालासमक्ष पुर्‍याएर समाधान गरियोस् भन्ने अपेक्षा पनि छ,' अधिकारीले भन्नुभयो।

तालिममा सहभागी  बालप्रतिनिधिहरु क्रमश: वडा – १,२,६,७ र ८ का  त्रीपुरेश्वर माध्यामिक विद्यालय,प्रभात माध्यामिक विद्यालय,जनता माध्यामिक विद्यालय,श्रीकृष्ण संस्कृत माध्यामिक विद्यालय,र नेपाल राष्ट्रिय माध्यामिक विद्यालय खजुराका रहेका परियोजना संयोजक अधिकारीले जानकारी दिनुभयो  । 

तालिम उद्घाटन समारोहमा वडा नं– २ का अध्यक्ष गजबहादुर बुढा, वडा – ८ का अध्यक्ष टिकाराम शर्मा, वडा –६ की सदस्य कमला नेपाली, वीरेन्द्रनगर नगरपालिका बालकल्याण अधिकृत सरला रेग्मी, सोसेक नेपालका उपाध्यक्ष कबिराज रिजालसहित १७ जनाको उपस्थिति रहेको थियो  ।

प्रतिक्रिया