अनुमति विना बालबालिका लैजाने घटनाप्रति सोसेकको गम्भीर ध्यानाकर्षण

काठमाडौँ - चितवनका विभिन्न संरक्षण गृहहरूबाट हालै उद्धार गरिएका २३ बालिकामध्ये २१ जना सुर्खेतको वीरेन्द्रनगर निवासी रहेको समाचार सार्वजनिक भएपछि सामाजिक संस्था सोसेक नेपालले उक्त घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
वैधानिक दर्ता र आवश्यक अनुमति बिना सञ्चालनमा आएको एक संस्थाले ‘पढाइ’को बहानामा ती बालबालिकालाई चितवनसम्म लैजानु र स्थानीय तहले कानुनी आधारविना सिफारिस दिनु बालअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताहरूको स्पष्ट उल्लङ्घन भएको सोसेक नेपालको ठहर छ।
संस्थाले घटनामा संलग्न सम्पूर्ण पक्षलाई छानबिनको दायरामा ल्याई प्रचलित कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।
उद्धार गरिएका बालिकाहरूमा वादी समुदाय, र दलित तथा अन्य जनजाती समुदायका बालबालिका रहेको तथ्यले संवेदनशील समुदाय अझै गम्भीर जोखिममा रहेको सोसेक नेपालले जनाएको छ।
प्रतिक्रिया