दैलेखमा मौरीपालन व्यवसाय विकास तालिम संचालन

दैलेखमा मौरीपालन व्यवसाय विकास तालिम संचालन

दैलेखमा मौरी व्यवसाय विकास तालिम संचालन 

दैलेख -  “दैनिक एक चम्चा मह सेवन, स्वस्थ र दीर्घायु जीवन” भन्ने मूल नारासहित दैलेखमा मौरीपालन व्यवसाय विकास तालिम संचालन भएको छ ।

 दुल्लु नगरपालिका–११, खागितडामा बिहिवार देखि मौरी व्यवसाय तालिम सुरु भएको हो । नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशको आयोजना, हेल्भेटास नेपालद्वारा सञ्चालित इलम परियोजना, तथा सोसेक नेपालको ग्रिन कर्णाली परियोजना अन्तर्गत सञ्चालन भएको यो तालिम साउन १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा मष्टा नारायण ताजा तरकारी उत्पादन समूह, पानलोटा टुडिखेल कृषि तथा पशुपन्छी समूह, र खागितडा कृषक समूहका सदस्य कृषकहरूको सक्रिय सहभागिता रहेको छ।

तालिमको उद्घाटन कार्यक्रममा नेपाल मौरी पालक महासंघ कर्णाली प्रदेशका संयोजक लिलाराम ढकाल, महासंघकी उपाध्यक्ष निर्मला सुवेदी, र वडा सदस्य नन्द बहादुर थापा मगर लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो दिन सहभागी कृषकलाई विभिन्न विषयहरूमा आधारभूत जानकारी र छलफल गरिएको थियो । मौरी पालनको परिचय तथा व्यवस्थापन विधि,मौरीका रोग र कीराबाट हुने क्षति तथा रोकथाम, मह उत्पादनको गुणस्तर र भण्डारण प्रविधि, मह तथा मौरीजन्य उत्पादनहरूको बजारीकरण तथा आम्दानी वृद्धिका उपाय, उद्देश्य लगायतका विषयमा जानकारी दिइएको थियो । 


 

प्रतिक्रिया