घरघरमा पानीका धारा आएपछि नागरिक खुसी
डोप्का मकुट्क खानेपानी तथा सरसफाइ योजना लेखापरीक्षण र साधारणसभा सम्पन्न
_TN5kF7SZjt_lz4weezfw95js8fjbye3i8vtq7882bbjad5csivwyuuaembwkj5ian09c7r2_iiLE7htcUr_bggvpea69ftrbuttx8z6lttouml9blq5ccjplu5ewlthlf745jazemqthefu.jpg)
दैलेख- गुराँस गाउँपालिका–८ मा सञ्चालित डोप्का मकुट्क खानेपानी तथा सरसफाइ योजना घरघरमा पानी धारा आएपछि नागरिक खुसी भएका छन। गुराँस गाउँपालिका र हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सोसेक नेपालको प्राविधिक सहयोगमा घरघरमा पानी धारा आएपछि नागरिक खुसि भएका हुन । कुल २५ लाख ८० हजार ९ सय ८३ रुपैयाँ लागतमा सम्पन्न योजनामा गाउँपालिका वाट ६ लाख ८५ हजार ९ सय ३६ रुपैयाँ, हेल्भेटास नेपाल वाट १२ लाख ७ हजार ६ सय ५४ रुपैयाँ, जनश्रमदानबाट ६ लाख ८७ हजार ३ सय ९३ रुपैयाँको योगदान रहेको सोसेक नेपालका फिल्ड सहजकर्ता प्रकाश थापाले जानकारी दिनुभयो।
यस आयोजनाबाट ३१ घरधुरीका लागि ३१ धारा निर्माण भए पश्चात करिब १५७ जनाले प्रत्यक्ष लाभ पाएका छन्। विगतमा सुरक्षित खानेपानीका लागि २–३ घण्टा हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा अहिले घरमै धाराबाट पानी पाउँदा उपभोक्ताहरू खुसी भएका छन्।
उपभोक्ता समितिका कोषाध्यक्ष देवीसरा खड्काले अब सरसफाइका सूचकहरूबारे सिक्ने अवसर पाएको र गाउँमा पानी पुगेपछि वर्षायाममा फैलिने सरुवारोग र पानीजन्य रोगबाट राहत हुने विश्वास व्यक्त गर्नभयो।
उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर वुढाले एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमअन्तर्गत गाउँमा खानेपानी सुविधा पुगेकोमा सहयोगी निकायप्रति आभार व्यक्त गरे। वडा नं। ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले उपभोक्ताहरूलाई योजनाको नियमित सञ्चालन र मर्मत–सम्भारमा सक्रिय रहन आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
प्रतिक्रिया