चामुण्डा बिन्द्रासैनीका विद्यालयको संयुक्त अनुगमन, शैक्षिक गुणस्तरमा जोड

चामुण्डा बिन्द्रासैनीका विद्यालयको संयुक्त अनुगमन, शैक्षिक गुणस्तरमा जोड

चामुण्डा (दैलेख) चामुण्डा बिन्द्रासैनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका तीन विद्यालयको संयुक्त अनुगमन गरी शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।आइतबार चामुण्डा बिन्द्रासैनी नगरपालिकाको हलमा परियोजना अनुगमन तथा अर्ध वार्षिक समीक्षा गर्दै कार्यक्रम गरिएको थियो ।

नगरपालिका–६ लैनचौरस्थित जनता माध्यमिक विद्यालय, बिन्द्रासैनी माध्यमिक विद्यालय र वडा नं. ८ खारास्थित सरस्वती आधारभूत विद्यालयमा गरिएको अनुगमनमा नगर प्रमुख गणेश कुमार शाही,  सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, सेभ द चिल्ड्रेनका  प्रयोजना संयोजक चेतराज पाध्याय, प्रमुख प्रशासकीय अधिकृत, भलाराम पंगाली शिक्षा शाखा प्रमुख लगायत  विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए। यो अनुगमन ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा सम्पन्न भएको हो ।

अनुगमनका क्रममा नगर प्रमुख शाहीले भौतिक संरचना भन्दा पनि शैक्षिक गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयाे। उहाँले भन्नुभयाे, “विद्यार्थी असफल हुनु केवल विद्यार्थीको मात्र समस्या होइन, शिक्षकको पनि जिम्मेवारी हो। यदि आधाभन्दा बढी विद्यार्थी पास हुन सक्दैनन् भने त्यो शिक्षकको नैतिकताको प्रश्न हो।” उनले योजनाबद्ध र उत्तरदायी ढङ्गले विद्यालयको नतिजा सुधार्न आह्वान गर्नुभयो।

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासि‌ह थापाले भौतिक पूर्वाधार निर्माण गर्दा भूकम्प सुरक्षित संरचना बनाउन र आपत्कालीन अवस्थामा सजिलै बाहिर निस्कन सक्ने डिजाइनमा प्राथमिकता दिनुपर्ने बताउनुभयाे । साथै, न्यून विद्यार्थी भएका विद्यालयलाई कक्षा घटाएर नजिकैका विद्यालयसँग गाभ्ने आवश्यकता औँल्याउनुभयो।

सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक चेतराज उपाध्यायले विद्यालयले पनि लगानीसँगै गुणस्तर सुधारमा चासो देखाउनुपर्ने र साना–साना सुधारका उपायहरूमा ध्यान दिनुपर्ने बताउनुभयो।

नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगालीले यस भन्दा पछेल्लो  समयम राम्रो हुने कुराको विश्वास लिएका छौ। विद्यालयको आन्तरिक आमदानी बढाउने पर्ने बताउनुभयाे । अनुगमनमा सहभागी स्थानीय जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूले नगरपालिकाको निरन्तर सहयोग अपेक्षा गर्दै धन्यवाद ज्ञापन गरे। वडा अध्यक्षहरूले सोसेक नेपालका गतिविधिको प्रशंसा गर्दै यसले बालबालिकाको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे ।

परियोजनाको उपलब्धि
‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत बाल अधिकार क्षेत्रमा उल्लेखनीय प्रगति भएको प्रतिवेदनमा उल्लेख छ। हालसम्म विद्यालय तहमा १९, वडा तहमा ९ र नगरपालिका तहमा १ गरी २९ बाल क्लब गठन भई ६११ सक्रिय बाल सदस्य परिचालन छन्। १६४ बालबालिकाले बाल अधिकारसम्बन्धी ज्ञान हासिल गरेका छन् भने  जन्म दर्ता अभियानबाट १७ बालबालिकाले जन्म दर्ता गरेका छन् ।बालेला मार्फत बालबालिका आफ्ना योजनाहरू स्थानीय सरकारलाई हस्तान्तरण गरेका छन् ।

८४ अभिभावक र १३३ बालबालिकाले सकारात्मक तथा हिंसासहित अभिभावकत्व शिक्षा पाएका छन्। बालविवाह र छाउपडी प्रथाविरुद्ध सामूहिक अभियान सञ्चालन भएको छ। स्वास्थ्य रूपान्तरण कक्षाबाट ३२९ किशोर–किशोरीले प्रजनन स्वास्थ्यबारे जानकारी पाएका छन्।

शिक्षा क्षेत्रमा २६८ बालबालिकाका लागि खेल-आधारित सिकाइ कार्यक्रम सञ्चालन, १५ विद्यालयमा पुस्तक तथा बुक–कर्नर स्थापना, ३४२ जोखिममा रहेका बालबालिकालाई छात्रवृत्ति सामग्री वितरण, र २२ विद्यालयका फोका शिक्षकलाई तालिम प्रदान गरिएको छ।

जीविकोपार्जनका लागि ७६ जोखिममा रहेका परिवारलाई जलवायु अनुकूल खेतीका लागि तरकारी बीउ, कृषि सामग्री र कुखुराका चल्ला वितरण गरिएको छ। साथै, ‘पढ्दै, सिक्दै र कमाउँदै’ कार्यक्रम सञ्चालन, वृक्षारोपण, र प्लास्टिक प्रदूषणविरुद्ध जनचेतना अभियान पनि गरिएको छ।

पूर्वाधार सुधारअन्तर्गत २ कोठे भवन निर्माण, शौचालय, खानेपानी सुविधा, भवन रङरोगन र रेलिङ निर्माणजस्ता काम सम्पन्न भएका छन्। नगरपालिकाले यस्ता गतिविधिले विद्यालयको वातावरण सुधार र बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया