ठाटिकाँधको जन आधारभूत विद्यालयमा सिकाइ सहजीकरण र अनुगमन

ठाटिकाँधको जन आधारभूत विद्यालयमा सिकाइ सहजीकरण र अनुगमन

ठाटीकाँध –   दैलखेको ठाटीकाँध गाउँपालिका–६ स्थित जन आधारभूत विद्यालयमा सिकाइमा सहजीकरण कार्यक्रम सम्पन्न गरिएको छ। मौसमी ज्वरोको प्रकोपका कारण विद्यालयमा विद्यार्थीहरूको उपस्थिति सामान्यभन्दा कम देखिएको छ ।

एईआइएन लक्जेम्बर्गको साझेदारी र ठाटीकाँध गाउँपालिकाको समन्वयमा, सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाअन्तर्गत सहजीकरण कार्यक्रम गरिएको हो ।

सहकार्य परियोजनामा कार्यरत सामाजिक परिचालक मनसरा बिष्टका अनुसार, सिकाइमैत्री वातावरण सिर्जना गर्न र विद्यार्थीहरूको सिकाइ स्तर सुधार गर्नका लागि नियमित रूपमा यस्ता गतिविधिहरू गरिँदै आएका छन्। उनले मौसमी रोगका कारण केही विद्यार्थी अनुपस्थित भए पनि कार्यक्रममा सहभागी भएकाहरू सक्रिय रूपमा संलग्न भएको बताउनुभयो ।

अनुगमनका क्रममा विद्यालयको पठन–पाठन वातावरण, विद्यार्थीको सहभागिता र सिकाइ प्रक्रियाको प्रभावकारिताबारे अवलोकन गरेको छ । स्थानीय शिक्षक र अभिभावकले यस्ता कार्यक्रमले सिकाइमा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

त्यस्तै ठाटीकाँध गाउँपालिका–२ स्थित कालिका आधारभूत विद्यालयमा बर्खे झरीसँगै फैलिएको मौसमी ज्वरोको प्रभावले विद्यार्थीहरूको उपस्थितिमा उल्लेख्य कमी आएको छ । हालको अनुगमन अनुसार विद्यालयमा विद्यार्थी उपस्थिति करिब ५० प्रतिशत मात्र देखिएको छ।

 बर्खे झरीका कारण विद्यार्थी विद्यालयसम्म पुग्नमा कठिनाइ भोगिरहेका छन् भने मौसमी ज्वरोले धेरै विद्यार्थी बिरामी भएकाले विद्यालयमा नियमित उपस्थिति कम हुने गरेको छ  ।

प्रतिक्रिया