जुम्लामा ५ दिने बालसम्बादाता तालिम सुरु, बाल क्लब प्रतिनिधिहरू सहभागी

जुम्लामा ५ दिने बालसम्बादाता तालिम सुरु, बाल क्लब प्रतिनिधिहरू सहभागी

जुम्ला  –   जुम्लामा ५ दिने बालसम्बादाता तालिम सुरु भएको छ । चन्दननाथ नगरपालिका वडा नं –१, ४, ६, ८ र ९ का बाल क्लब प्रतिनिधिहरूका लागि पाँच दिने बालसम्बादाता तालिम सुरु भएको हो ।

 एईआईएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको सहजीकरणमा सञ्चालन गरिएको हो । तालिमले बालबालिकालाई संवाद र सञ्चार सम्बन्धी सीप सिकाउने उद्देश्य राखेको छ ।

बिहानी परियोजनाले दिएको जानकारी अनुसार तालिमका सहभागी बालबालिकाले आफ्नो भोलिका प्रतिनिधि भएर समुदायभित्रका महत्वपूर्ण सन्देशहरू सम्प्रेषण गर्ने क्षमता विकास गर्नेछन् ।  प्रशिक्षकहरूले तालिममा विभिन्न अन्तरक्रियात्मक विधिहरू प्रयोग गर्दै बालबालिकालाई सशक्त बनाउन प्रयास गरिरहेका छन्।

चन्दननाथ नगरपालिकाका स्थानीय निकायका प्रतिनिधिहरूले पनि तालिमको महत्व औंल्याउँदै बालबालिकाको आवाज समुदायमा सुनिने सुनिश्चित गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया