महिला सञ्जालबाट सशक्त कृषक

कालिकोट – खाडाचक्र नगरपालिका वडा नं – ३ की मङ्गला पाण्डे अहिले गाउँकै पहिचान बन्नुभएको छ । सदियौंदेखि परम्परागत कृषिमा सीमित रहेकी मङ्गलाले आधुनिक तरकारी खेतीका माध्यमबाट आफ्नो र परिवारको जीवनस्तर उकास्न सफल हुनुभएको छ ।
मङ्गला अहिले काउली, बन्दगोभी र टमाटर खेतीमा नयाँ रोग नियन्त्रण प्रविधि अपनाएर फलफूलसँगै उत्पादनमा निरन्तर लागेको बताउँनुहुन्छ । “पहिले हामीलाई रोगका बारेमा थाहा थिएन, धेरै पटक फसल नष्ट हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “तर महिला सञ्जालबाट रोग नियन्त्रणसम्बन्धी जानकारी पाएपछि खेतीमा सहज भयो र आम्दानी पनि बढ्न थाल्यो ।”
एईआईन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा खाडाचक्र नगरपालिकामा संचालित आधार परिायोजनको सहयोग पाएपछि अहिले उहाँको दैनीकिमा परिर्वतन आएको उहाँको भर्ना छ । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै सोसेक नेपाललाई उहाँले धन्यवाद दिनुभयो ।
उहाँले मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्दै परिवारको आर्थिक अवस्था सुधार गरेको बताउनुभयो । तरकारी खेतीले उहाँलाई आत्मनिर्भर बनाएको उहाँको अनुभव छ।
पुजामालिका महिला सञ्जालले कृषकहरूलाई रोग नियन्त्रण र खेतीका नयाँ तरिका सिकाउने काम गर्दै आइरहेको छ। यसले गाउँका महिलाहरूलाई आत्मनिर्भर बन्ने र स्थानीय अर्थतन्त्रमा योगदान दिने अवसर पनि प्रदान गरेको छ ।
खाद्य सुरक्षा र आर्थिक आत्मनिर्भरता तर्फ स्थानीय महिला कृषकहरूले लिएको यो कदमले गाउँको विकासमा सकारात्मक प्रभाव पारिरहेको छ। मङ्गलाजस्ता कृषकहरूको सफलताको कथा सुनिँदै गर्दा, गाउँका अरु महिलाहरू पनि खेतीमार्फत जीवनस्तर सुधार्ने सपना देख्न थालेका छन्।
प्रतिक्रिया