पत्रकार महासङ्घले डेकेन्द्र स्मृति दिवस मनाउने

दैलेख: नेपाल पत्रकार महासंघ दैलेखले पत्रकार डेकेन्द्रराज थापाको २१ औँ स्मृति दिवस मनाउने भएको छ। थापाको स्मृति दिवसको अवसरमा सालिकमा माल्यार्पण गरी जिल्ला समन्वय समिति दैलेखको सानो हलमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
२०६१ असार १२ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका थापाको साउन २७ गते साबिकको द्धारी गाविसको नेराप्रावीको कोठामा निर्घात कुटपिट गरी जिउँदै गाडेर हत्या भएको थियो पत्रकार थापाको हत्या भएको २१ वर्ष पुगिसक्दा पनि उनका परिवारले न्याय नपाएको र हत्यामा संलग्न माओवादीका केही कार्यकर्ताहरू अझै पनि खुलेआम हिँड्दा समेत राज्यले कुनै चासो नदेखाएको भन्दै महासङ्घले दुख व्यक्त गरेको छ ।
हामीले यो दिवस मनाउनु नै ऐतिहासिक भएको र यसले युगाै युगसम्मपनि सम्झना हुने नेपाल पत्रकार महासङ्घ दैलेखका पूर्व अध्यक्ष पुष्कर थापाले बताउनुभयो । उहाँ डेकन्द्रले गरेका कामको स्मरण गर्दै आफ्नो कार्यकालमा आधिकारिक रूपमा दिवस मनाउन लागिएको र डेकन्द्र चौकको नामकरण गरिएको उहाँको भनाई छ । न्यायको लडाइ लडेर यो दिवस मनाउन लागेका हो ।
लामो सङ्घर्ष पछि कानुनी प्रक्रिया अघि बढिरहेका बेला उक्त प्रक्रिया नै प्रभावित हुने खालका गतिविधि सञ्चालन भइरहेको भन्दै महासङ्घले चिन्ता व्यक्त गरेको छ । नेपालका सञ्चार माध्यमले आफ्नो अनुकूल थापाको मुद्दालाई उचाल्ने तर निरन्तरता नदिने गरेका कारण हत्यामा संलग्नहरू कानुनी दायरामा आउन नसकेको नागरिकको गुनासो छ ।
प्रतिक्रिया