ओइरी माविलाई ९ औं रनिंग शिल्ड

दैलेख, फागुन १ । दैलेखमा एक वर्ष यता खेलक्षेत्रमा निकैनै फड्को मारेको छ । राष्ट्रिय दिवसहरुमा वर्षको एक दुई पटक मात्र खेल संचालन हुने गरीएको मा हाल जिल्लामा प्रत्येक महिना जस्तो जिल्ला स्तरिय खेलहरु हुने गरेको छ । गाँउ गाँउमा विभिन्न क्लवहरु देखि लिएर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने खेलहरुले गर्दा जिल्लामा खेलाडिहरु उत्साहित भएको छन ।
यहि माघ २१ गते देखि संचालन भएको नवौं राष्ट्रपती रनीङ सिल्ड प्रतियोगीता २९ गते सम्म संचालन भएको थियो । जिल्लाका तीस भन्दा वढि माध्यमिक विद्यालयहरु सलग्न भएको प्रतियोगिताको क्षेत्रिय प्रतियोगीता दैलेखको दुल्लुमा र फाईनल प्रतियोगीता अवलपराजुल गाविसको सिता जनसहयोग उच्च माध्यमिक विद्यालयमा गरिएको थियो । पहिले पहिले जिल्ला सदरमुकाममा मात्र संचालन हुने खेलकुद प्रतियोगीता पछिल्लो समयमा आएर जिल्लाको खेलमैदान र खेलाडिहरुलाई खान र वस्न सकिने वजार भएको गाउँका विद्यालयहरुमा हुन थालेपछि गाउँबाट पनि खेलकुदमा ईच्छुक खेलाडिहरु वढि भन्दा वढि सहभागी भएको खेलकुद विकास समिति दैलेखका अध्यक्ष तिर्थनारायण श्रेष्ठले जानकारी दिए । एथलेक्टिक, कपडि महिला, कपडि पुरुष, भलिवल महिला, भलिवल पुरुष, कराते, तेक्वान्दो, उस्सु र चेस प्रतियोगी गरि चालिस भन्दा वढि खेलहरु समावेस गरिएको थीयो ।
नवौं राष्ट्रपती रनीङ सिल्ड प्रतियोगीतामा करीव वाह्सय भन्दा वढि खेलाडिहरुको सहभागी रहेकोले पनी जिल्लामा खेलप्रतिको लगाव र माया अनी पछिल्लो समयमा जिल्ला खेलकुद विकास समितिले गरेको सक्रिय भुमिकाले गर्दा उत्साहजनक खेल सम्पन्न भएको आयोजकको भनाई रहेकोछ । प्रतियोगीतामा सरस्वती माध्यमिक विद्यालय वईरीले प्रथम पुरस्कार पचास हजार नगद र सिल्ड, सिता जनसहयोग उच्च माध्यमिक विद्यालय अवलपराजुलले नगद पच्चिस हजार र तृतिय पुरस्कार अरनीको माध्यमिक विद्यालय चौराठाले नगर पन्ध्रहजार पुरस्कार प्राप्त गरेका थिए । मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा खेलकुदको क्षेत्रमा दैलेख जिल्लाले यस क्षेत्रमा रहेका पन्ध्र जिल्ला मा प्रथम भएको भन्दै क्ष्ोत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जिल्लाको खेल क्षेत्रमा दैलेख जस्तो पहाडि जिल्लाले अन्य जिल्लाको तुलनामा खेल क्षेत्रमा गरेको लगनसिलता र योगदानको कदर हुने वताए । ब्यक्तिगत शारिरिक स्वस्थता र राष्ट्रको पहिचानको लागी खेलकुद सवैको लागि अपरिहार्य रहेको वताउदै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तिर्थ नारायण श्रेष्ठले खेल क्षेत्रमा वच्चा देखि वुडा सम्म खेलकुद खेल्नु भनेको आफ्नो स्वास्थ्य वलियो वनाउनु र फुर्तीलो हुने जानकारी दिए ।
जिल्लामा खेलकुदका लागि आवश्यक पर्ने कवर्डहल, फुटवलका लागि चाहिने फुटवल मैदान नहुदा निकैनै गाहे भएको वताउदै अध्यक्ष श्रेष्ठले सरोकारवाला निकाय संग आवश्यक पुर्वाधारका लागि सहयोग गरिदिन अनुरोध समेत गरृका थिए ।

फोटोपत्रकार थापाको ‘पञ्चकोशी दैलेख’ तस्बीर पुस्तक सार्वजनिक

पशुपतिदेखि दैलेखको पञ्चकोशी तीर्थयात्रा सुरू

महाबुधाम : धार्मीक आस्थाको धरोहर, प्राकृतिक सुन्दरताको खानी

ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखमा पुर्नःस्थापना

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

प्रतिक्रिया