विष्णु माझीको 'म त नराउरी‘१७ लाख पटक हेरीयो

विष्णु माझीको 'म त नराउरी‘१७ लाख पटक हेरीयो


दैलेखः लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ। उनका श्रीमान् सुनदरमणि अधिकारीको शब्द सङ्गीत र निर्देशनमा “ म त नराउरी ” पुतलीको भटी भाग २१ तीज गीत बुधवार सपना म्युजिक इन्डस्ट्री प्रालिवाट सार्वजनिक भएको हो । गीत सार्वजनिक भएको १ दिनमै १७ लाख भन्दा बढी भ्युज पाएको छ।गीतमा छोरी र छोरा बिचको विभेदलाई देखाउन खोजीएको छ।

भिडियोमा ललिता पौडेल, बाल कलाकार (प्रविधि भण्डारी,विज्ञान भण्डारी  लाई मुख्य भूमिकामा देखाइएको छ। सम्पादन (प्रविन भट्ट कोरियोग्राफर) मौसम हिमालीको रहेको छ।
प्रत्येक वर्षको तिजमा उनैको गीतको  प्रतीक्षामा दर्शक बसेका हुन्छन्। दर्शकले बल्ल पो तीज आए जस्तो भयो भनेर कमेन्ट लेख्दै उनको गीतको सबैले प्रशंसा गरेका छन्।

भिडियो हेर्न यहाँ Click गर्नुहोस ।

 

 

प्रतिक्रिया