लैंगिक हिंसा विरुद्ध सरोकारवाला सँग अन्तरक्रिया

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले लैंगिक हिंसा रोकथाममा सहकार्य बढाउन जिल्ला सदरमुकाममा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । लैंगिक हिंसा रोकथाम सवालमा काम गर्दै आएका नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुको सहभागितामा उक्त कार्यक्रम भएको छ ।
बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, छाउपडी प्रथा विरुद्ध समुदाय स्तरसम्म दैलेख प्रहरीले सञ्चालन गर्न लागेको एक महिना लामो सचेतना अभियान स्थानीय तहका कार्यक्रम र लैंगिक हिंसा रोकथाम सवालमा काम गरिरहेका गैरसरकारी संस्थाहरुको परियोजना क्रियाकलापहरु सहकार्यमा सञ्चालन गर्न अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
हामीले गाउँबस्तीमा भदौ महिनाभर लैंगिक हिंसा रोकथाम अभियान सञ्चालन गर्न लागेको साझेदारी र सहकार्य चाहेका छौं दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताए । बलात्कारजन्य घटना र महिला माथि हुने हिंसा बढिरहेकोले समुदायमा सचेतना आवश्यक परेको हो डीएसपी बरालले भने ।
नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले प्रहरीले सञ्चालन गर्ने अपराध रोकथामका निम्ति सचेतना अभियानमा नागरिक समाजको सहयोग अझैं बढाउनुपर्ने बताए । गैसस महासंघका कोषाध्यक्ष भरतराज अधिकारीले सिजनल रोजगारीले पनि अपराध संख्या बढेको टिप्पणी गरे ।
नागरिक समाज संस्था र दैलेखका ११ वटै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुखहरुले लैंगिक हिंसा रोकथाम सवालमा गरेका क्रियाकलाप र यो आर्थिक वर्षमा गर्ने कार्यक्रमहरुको कार्यजना बारे जानकारी दिदै प्रहरीको अभियानलाई सघाउने बताएका छन ।
प्रतिक्रिया