सोसेक नेपालद्वारा राष्ट्रिय सूचना दिवस अवसरमा शुभकामना सन्देश

सोसेक नेपालद्वारा राष्ट्रिय सूचना दिवस अवसरमा शुभकामना सन्देश

दैलेख: सोसेक नेपालले राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना व्यक्त गरेको छ। 
राष्ट्रिय सूचना दिवसको अवसरमा, सोसेक नेपालका कार्यकारी निर्देशक हीरासिंह थापाले सूचना तथा सञ्चार प्रविधिको सहज पहुँचले पारदर्शिता, जवाफदेहिता  सुशासनलाई सबल बनाउन महत्त्वपूर्ण योगदान गर्ने बताउँदै नागरिकलाई आफ्नो अधिकार र कर्तव्यप्रति सचेत बनाउन यस दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे ।

उनले समावेशी विकास,सामाजिक उत्तरदायित्व  र पारदर्शिता  प्रवर्द्धन गर्दै सोसेक नेपाल निरन्तर सूचना प्रवाहलाई  संस्थागत अभ्यासका रूपमा अघि बढाउँदै आएको समेत उल्लेख गरे । यसैबिच , अगस्ट १९ का दिन मनाइने विश्व मानवीयता दिवसको अवसरमा सोसेक नेपालले सङ्कट र विपद्को घडीमा मानव जीवन र गरिमाको  रक्षा गर्न अग्र पन्थीमा कार्यरत सबै मानवीय सहकर्मीप्रति हार्दिक सम्मान प्रकट गरेको छ। 

सन्देशमार्फत कार्यकारी निर्देशक थापाले प्राकृतिक विपद्,जलवायु जोखिम , महामारी , दीर्घकालीन गरिबी र बहिष्करणले प्रभावित समुदायसँग स्थानीय नेतृत्व , उत्तरदायित्व र समावेशी सेवामार्फत सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउएका छन । सोसेक नेपालले प्रभावित समुदायकै नेतृत्वमा प्रत्युत्तर, उत्तरदायित्व र पारदर्शिता,समावेशी पहुँच सुरक्षा र आचारसंहिता शून्य सहनशीलता तथा जलवायु –सजग मानवीयताका प्रतिवद्धताहरुलाई निरन्तर कार्यान्वयन गर्ने जनाएको छ।

शुभकामना सन्देश

प्रतिक्रिया