वीरेन्द्रनगरमा किसानलाई बिउबिजन र कृषि सामग्री वितरण

वीरेन्द्रनगरमा किसानलाई बिउबिजन र कृषि सामग्री वितरण

सुर्खेत - वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर -१ र २ का किसानलाई व्यावसायिक तरकारी खेतीलाई प्रोत्साहन गर्न बिउबिजन तथा कृषि सामग्री वितरण गरिएको छ ।

एईआइएन लक्जेम्बर्गको साझेदारीमा वीरेन्द्रनगर नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा सञ्चालित बिहानी परियोजना को सहजीकरणमा सामग्री वितरण गरिएको हो । कार्यक्रममा स्थानीय किसानलाई आवश्यक बिउबिजन, उपकरण र अन्य कृषि सामग्री हस्तान्तरण गरिएको बिहानी परियोजना संयोजक माया अधिकारीले जानकारी दिइन्  ।

परियोजनाले कृषिमा आत्मनिर्भरता बढाउन, आयआर्जनका अवसर विस्तार गर्न र किसानलाई दिगो उत्पादनतर्फ अभिमुखीकरण गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । किसानहरूले आधुनिक प्रविधि र सामग्रीको उपयोगबाट उत्पादन बढ्ने र बजारमा प्रतिस्पर्धात्मक बन्न सकिने विश्वास व्यक्त गरेका छन् ।

यसअघि पनि बिहानी परियोजनामार्फत वीरेन्द्रनगरका विभिन्न वडाका किसानलाई सीपमूलक क्षमता अभिवृद्धि तालिम, प्राविधिक सहयोग र आयआर्जनमुखी कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया