चन्दननाथमा विद्यालय सुशासनमा बाल सहभागिताबारे अभिमुखीकरण तालिम

जुम्ला - जुम्लाको चन्दननाथ नगरपालिका–८ मा अवस्थित श्री भगवती आधारभूत विद्यालय, जातिभिडमा विद्यालय सुशासनमा बाल सहभागिता सुनिश्चित गर्न अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी चन्दननाथ नगरपालिकाको समन्वय सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको सहजीकरणमा सम्पन्न उक्त तालिममार्फत विद्यालयमा क्रियाशील बालक्लबका सदस्यलाई विद्यालय व्यवस्थापन प्रक्रियामा बालबालिकाको सक्रिय सहभागिता कसरी सुनिश्चित गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो । तालिमले बालअधिकार, नेतृत्व विकास, विद्यालयस्तरीय निर्णय प्रक्रियामा बालबालिकाको भूमिका तथा जिम्मेवारीजस्ता विषयमा केन्द्रित रहेको थियो ।
विद्यालय प्रशासनले बालक्लबमार्फत बालबालिकाको आवाज विद्यालय व्यवस्थापन समितिसम्म पुग्ने र शिक्षाको गुणस्तरमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा सहभागी बालबालिकाले तालिमबाट प्राप्त ज्ञानले विद्यालयलाई पारदर्शी, उत्तरदायी र बालमैत्री बनाउन सहयोग पुर्याउने बताएका छन् ।
प्रतिक्रिया