नेपाललाई पाकिस्तान शाहीन्सले १४५ रनको लक्ष्य दियो

नेपाललाई पाकिस्तान शाहीन्सले १४५ रनको लक्ष्य दियो

काठमाडौं- टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत पाकिस्तान शाहीन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ। अष्ट्रेलियाको नर्दन टेरिटोरीमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको हो। 


नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने एक रनआउट गराए। नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए। 
नेपाल यसअघि तीन खेलमा पराजित भएको थियो भने दुई खेलमा जित निकालेको थियो । पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । शृङ्खलामा सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ। 

प्रतिक्रिया