सोसेक नेपालको २८ औँ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न

सोसेक नेपालको २८ औँ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न

दैलेख: सामाजिक सेवा क्षेत्रमा सक्रिय सोसेक नेपालले आफ्नो २८ औँ वार्षिक उत्सव तथा साधारण सभा  सम्पन्न गरेको छ । बुधबार जिल्ला समन्वय समितिको हलमा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमका प्रमुख अतिथि अम्मर बहादुर थापाले सोसेक नेपालले समाजमा उत्कृष्ट योगदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि सामाजिक सेवाका कामलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सामाजिक सेवा कागजमा मात्र सीमित नभई व्यवहारमै देखिनु जरुरी रहेको उल्लेख गर्दै, “देशको विकासका लागि विपन्न नागरिकको जीवनस्तर सुधार आवश्यक छ, यसका लागि ज्ञान, व्यवहार र अनुशासनप्रति ध्यान दिनुपर्छ” उनले भने ।  साथै, शिक्षा जागिरे मुखी नभई व्यावसायिक र उद्योगमुखी हुनुपर्ने सुझाव पनि दिएका छन् । 

विशेष अतिथि प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले सोसेक नेपाल सङ्कटकालदेखि निरन्तर विपन्न परिवारका लागि काम गर्दै आएको भन्दै संस्थाले विकासमुखी सोचसहित काम गर्नुपर्नेमा जोड दिइन् ।


त्यस्तै, जिल्ला समन्वय प्रमुख नमरामज शाहीले संस्थाले स–साना कामबाट ठुलो उपलब्धि हासिल गर्न सक्ने प्रमाण देखाएको भन्दै प्रशंसा गरे ।  उनले राउटे समुदायको जनसङ्ख्या घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै शिक्षा क्षेत्रको सुधारमा सबै पक्षले चासो दिनुपर्ने आवश्यकता औँल्याए ।

सम्पूर्ण राजनीतिक दलको तर्फबाट नेकपा एमाले दैलेखका सचिव हिमालयजंग शाहाले यो संस्था दैलेखको सानो भूभागमा स्थापना भए पनि समुदायमा जुन किसिमको भूमिका खेलेको छ प्रशनिय रहेको बताए । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले विभिन्न जिल्लामा फरक–फरक क्षेत्रमा काम गर्दै आएको सोसेक नेपाललाई शुभकामना दिँदै दैलेख, कालिकोट लगायत जिल्लामा सञ्चालन गरिएको बाल हेल्पलाइन र सेफ हाउस सेवाको प्रशंसा गरे ।  
सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिंह थापाले संस्थाले दलित, महिला र विपन्न समुदायका लागि निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले समस्यामा परेका महिलाले सोसेक नेपाललाई ‘माइतीघर’को नजरले हेर्ने गरेको उल्लेख गर्दै राउटे समुदायका लागि राज्यले विशेष चासो दिनुपर्ने र मासिक भत्ता उपलब्ध गराउनुपर्ने माग गरे ।

साेसेक नेपालकी पुर्ब अध्यक्ष दुर्गा श्रेष्ठले २८ औ  बार्षिक उत्सव मनाउदै गर्दा साना दुखले नभई स्थापना काल देखि बालक,युवा हुँदै २८ बर्ष पार गरेकाेमा निकै खुशिभएकाे बताईन । यसै गरी, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक चेतराज पाध्याले जोखिममा रहेका बालबालिकाको उद्धार तथा संरक्षणमा सोसेक नेपालले गरेको काम सराहनीय रहेको भन्दै २८ वर्षको लामो यात्रामा संस्थाले राम्रो पहिचान बनाएको उल्लेख गरे ।
कार्यक्रममा गैसस महासङ्घका अध्यक्ष दिलकुमारी चन्दसहित अन्य सहभागीहरूले सोसेक नेपालले गरेको कामको प्रशंसा गरेका थिए । 
सोसेक नेपालका अध्यक्ष मञ्जु कुमारी खड्काले समापन कार्यक्रममा बोल्दै अब हामी नयाँ रणनीतिका साथ अगाडी बढ्नुपर्ने बताइन् । उनले सेवामूलक सेवाहरू अझै सोसेक नेपालले कामहरू जनता सामु प्रभावकारी रूपमा लिँदै उत्पादनमुखी तर्फ लिनुपर्ने बताइन् ।  


 
 

प्रतिक्रिया