चामुण्डा बिन्द्रासैनीले सबै घरधुरीको बीमा गर्ने निर्णय

चामुण्डा बिन्द्रासैनीले सबै घरधुरीको बीमा गर्ने निर्णय

सुर्खेत — दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले सबै घरधुरीको बीमा गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘घर बीमा कार्यक्रम’ अन्तर्गत युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमार्फत बीमा प्रक्रिया सुरु गरिएको हो।

प्राकृतिक विपत्तिबाट हुने सम्भावित क्षति न्यूनीकरण गर्न सञ्चालन गरिएको कार्यक्रमले आगलागी, बाढीपहिरो, भूकम्पजस्ता जोखिमबाट सुरक्षा दिनेछ। प्रदेश सरकारले ७९ वटै स्थानीय तहलाई कार्यविधि पठाएकोमा हालसम्म २३ वटाले कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाएका छन् ।

आइतवार जम्बुकाँधमा आयोजित छलफल कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत भोलाराम पंगेलिले बीमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्सका प्रदेश प्रमुख धिरेन्द्र कुमार शाहीले बीमाको प्रक्रिया र दाबी पद्धतिबारे जानकारी गराउनुभयो ।

छलफलमा जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी र बीमा कम्पनीका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया